प्राज्ञिक विद्यार्थी परिषदको रक्तदानमा ३६ युनिट संकलन

कास्की | बैशाख २४, २०७९

प्राज्ञिक विद्यार्थी परिषदको रक्तदानमा ३६ युनिट संकलन

उतर राई, पोखरा:  प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा ३६ युुनिट संकलन भएको छ । 

 

‘रक्तदान जिवनदान, जिवनदान महादान’ भन्ने नारा सहित मजदुर तथा विद्यार्थी दिवसको अवसरमा विन्ध्यवासिनी मन्दिर परिषरमा आयोजना गरेको संयोजक एवम् प्राज्ञिक विद्यार्थी परिषद् पोखरा महानगरका अध्यक्ष रविमोहन बरालले जानकारी दिए । 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्राध्यापक हिमराज गिरीले परिषद्का उपाध्यक्ष दिपक रेग्मीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुुभारम्भ गरे ।

 

सो अवसरमा बोल्दै गिरीले परिषदको  विभिन्न उल्लेखनीय कामहरुको प्रसंशा गर्दै शुभकामना व्यक्त गरे । परिषदले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रममार्फत सकरात्मक सन्देश प्रवाह गरेको उनले धारणा राखेका थिए । 

 

सामाजिक व्यक्तित्व, विद्यार्थीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको उक्त कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र गण्डकीको प्राविधिक सहयोग रहेको थियो । परिषदका अध्यक्ष रविमोहन बरालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिप्सन गुरुङले गरेका थिए ।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्