पोखरामा मौलिक डकुमेन्ट्री प्रर्दशनी हुने

पाेखरा | असोज ९, २०७९

पोखरामा मौलिक डकुमेन्ट्री प्रर्दशनी हुने

पोखरा  :  रंग तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले निर्देशन गरेको भिडियो तथा डकुमेन्ट्रीहरु पोखरामा प्रर्दशन हुने भएको छ । 

 

हरीनास सिर्जनशील समूह पोखराको आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । असोज १५ गते पोखरा थियटरमा सिञ्जालीले निर्देशन गरेका १५ वटा भिडियोहरु प्रर्दशन  हुने कार्यक्रम संयोजक तथा हरीनास सिर्जनशील समुह पोखराका अध्यक्ष रुद्र सन्देशले जानकारी दिए । प्रर्दशनीमा मुस्ताङ ,कास्की, स्याङजा लगायतका स्थानका मौलिक लोक संस्कृति बोकेका भिडियो र डकुमेन्ट्रीहरु देखाईनेछ ।

 

भिडियोका निर्देशक सिञ्जालीका अनुसार मुस्ताङ जिल्लाका धाज्याङ, झोम्लु,याङजी,घ्या ला सिङसो,क्याङ ल्याचे क्याङ ,तलुु ,याङजी लगायतका गीत र नृत्य भिडियो  स्याङजा र कास्कीमा प्रचलित ठाडोभाका ,बाजेबजै पुजा साथै भैरमथानको यात्रा भाग १ ,रेडियो नेपाल पोखराको परिचय लगायतका  डकुमेन्ट्रीको प्रर्दशन हुनेछन । 

 

भिडियोहरुले संस्कृति संरक्षण गदै पुस्ता हस्तान्तरणमा लागि सहयोग पुग्ने आसा राखेको निर्देशक थापाले बताए । मुस्ताङको वारागुङ गाउँपालिकाले स्थानीय कला ,संस्कृति,भाषा संस्कृति संरक्षण गर्ने क्रममा यस्तो कार्यक्रममा जोडिन पाउदा खुशी लागेको  प्रमुख प्रशासकीय अधिकृत जीत वहादुर रानाको भनाइ छ ।

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्