मादी १ का वडासदस्य गुरुङसहित ४ जना पाइप चोरी आरोपमा पक्राउ

काठमाडाैं | असोज ९, २०७९

मादी १ का वडासदस्य गुरुङसहित ४ जना पाइप चोरी आरोपमा पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई सरकारी आयोजना अन्तर्गत ‘थाक खानेपानी आयोजना’ को पाइप चोरी आरोपमा पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा सदस्य खरजङ गुरुङसहित अन्य ३ जना रहेका छन् । पक्राउ परेका वडा सदस्य खरजङ गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । 

 

यसैगरि वडा सदस्य खरजङ गुरुङसँगै मादी ७ थाकका ३५ वर्षिय रमेश गुरुङ, सोही स्थानकै २६ वर्षिय निरज तामाङ, र लम्जुङको मध्यनेपाल नगरपालिका ८ स्थायी घर भई हाल पोखरा १३ कसेरी बस्ने २३ वर्षिय सुनिल परियार (रिदम) रहेका छन् ।

 

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरि  मादी गाउँपालिका ५ तर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

 

उनका अनुसार हाल उनीहरुलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा ६ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्