मनाश्लु हिमालमा हिमपहिरो: १५ जना घाइते, दुई जना गम्भीर

गोरखा | असोज १०, २०७९

मनाश्लु हिमालमा हिमपहिरो: १५ जना घाइते, दुई जना गम्भीर

 

गोरखा । मानश्लु हिमालमा हिमपहिरो जाँदा कम्तिमा १५ जना घाइते भएका छन्। घाइते हुनेमा अधिकांश सहयोगी शेर्पाहरु रहेको राजेन्द्र ठकुरीले जानकारी दिए। उनका अनुसार दुई जना गम्भीर घाइते छन्। 

 

इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्‍याउन जाँदा हिमपहिरो गएको हो। गम्भीर घाइते हुनेमा निमा दोर्जे शेर्पा र जितबहादुर शेर्पा रहेका छन्। 

 

मौसम प्रतिकूलताका कारण घटनास्थलमा हेलिकोप्टर जान नसकेको ठाकुरीको भनाइ छ। घाइतेको उद्धारका लागि हेलिकोप्टर बोलाइए पनि मौसम प्रतिकूलताका कारण आउन सकेको छैन,ु उनले भने। 
 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्