इतिहास र नाकाबन्दी सम्झौं, सूर्यमा भोट हालौंः अध्यक्ष ओली
काठमाडाैं | बैशाख २५, २०७९
काठमाण्डौंः नेकपा एमालेका अध्यक्ष ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण देशवासीलाई नाकाबन्दी र इतिहासलाई एकपटक पुनः स्मरण गर्न अनुरोध गरेका छन् ।
देशवासीकालागि सार्वभौमत्ताजस्तो अमूल्य अरु नहुने भन्दै अध्यक्ष ओलीले देश र जनताको शिर उँचो पार्न निर्धक्क भई सूर्यमा मतदान गर्न अपील गरे ।
एमालेको सरकारले गरेको विकास र सुधारको व्याख्या गर्दै अध्यक्ष ओलीले त्यसलाई कांग्रेसले उल्टो बाटो भनि कूप्रचार गरेका छन् । ‘हामीले जनताको हितमा र देशको विकासमा गरेको काम कांग्रेसलाई पचाउन गाह्रो भयो’ ओलीले भने ‘हजम नभएपछि उल्टो बाटो भनेर कूप्रचारमा उत्रियो ।’
हालसम्म कांग्रेसले २७ वर्ष शासन चलाएको भन्दै ओलीले यसबीचमा सांसदलाई विदेश लगि बन्धक बनाउने, अदालतको स्वतन्त्रता हनन गर्ने, संसद बिघटन गरी दरबारलाई बुझाउने, राष्ट्र बैंकका गर्भनर निलम्बन गर्ने, प्रहरी संष्ठनभित्र राजनीति गर्नेजस्ता आरोप लगाए ।
‘कांग्रेसको सरकार देश र जनविरोधी हो’ उनले भने ‘आफ्नो हितको लागि कांग्रेस जता, जे गर्न पनि तयार छ ।’ उनले नेपाली कांग्रेसको परराष्ट्र नीतिले देशको सार्वभौमसत्ता धरापमा परेको भन्दै एमालेको सरकार आवश्यक भएको समेत जिकिर गरे ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

