तमु साँस्कृतिक प्रतिष्ठानले ८० जना तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण
पाेखरा | असोज ११, २०७९
पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सोमबार पोखरामा ८० जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ग्रामिण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसरमा प्राध्यापनरत उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष दुर्गाबहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ लगायतले विभिन्न अक्षयकोषदाताहरुबाट स्थापित कोषबाट जनही ८/८ हजार छात्रवृत्ति वितरण गरिएको हो। वार्षिक १५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानले पहिलो चरणमा गण्डकी प्रदेशका कास्की र वरपरका जिल्लाका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो भने यस पश्चात देशैभरमा छनौट भएका अन्य तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरेकी आकृति तमु लगायतले प्रतिष्ठान, छात्रवृत्ति वितरण र शिक्षाका विविध पक्षमा मन्तव्य व्यक्तगर्नुभएको थियो।
उक्त कार्यक्रममा तमु विद्यार्थी समितिको तर्फबाट प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरि दश जोड दुई उतिर्ण गरेका विद्याथीृहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो भने उक्त कार्यक्रमको संचालन समितिकी सचिव रेनु गुरुङले गर्नुभएको थियो।
छात्रवृत्ति वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता, स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सञ्चालन सचिव कञ्चन गुरुङले गर्नुभएको थियो।
उक्त कार्यक्रम पश्चात तमु विद्यार्थीहरुलाई उच्च शिक्षा लगायत निजामति सेवाका बारेमा तेजबहादुर चाक्ली तमु, कञ्चन गुरुङले अभिमुखिकरण गराउनु भएको थियो।
पोखरा: कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...
पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्ध...

