तमु साँस्कृतिक प्रतिष्ठानले ८० जना तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण

पाेखरा | असोज ११, २०७९

तमु साँस्कृतिक प्रतिष्ठानले ८० जना तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण

 

पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ क्रियाशिल तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सोमबार पोखरामा ८० जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।


पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ग्रामिण भेकमा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसरमा प्राध्यापनरत उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष दुर्गाबहादुर गुरुङ, निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ लगायतले विभिन्न अक्षयकोषदाताहरुबाट स्थापित कोषबाट जनही ८/८ हजार छात्रवृत्ति वितरण गरिएको हो। वार्षिक १५० जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रतिष्ठानले पहिलो चरणमा गण्डकी प्रदेशका कास्की र वरपरका जिल्लाका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो भने यस पश्चात देशैभरमा छनौट भएका अन्य तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने जनाएको छ।


प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्राध्यापक कमल गुरुङ, अतिथिहरु तमु धिं नेपालका अध्यक्ष  हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङ, अक्षयकोषदाता तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरेकी आकृति तमु लगायतले प्रतिष्ठान, छात्रवृत्ति वितरण र शिक्षाका विविध पक्षमा मन्तव्य व्यक्तगर्नुभएको थियो।


उक्त कार्यक्रममा तमु विद्यार्थी समितिको तर्फबाट प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरि दश जोड दुई उतिर्ण गरेका विद्याथीृहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो भने उक्त कार्यक्रमको संचालन समितिकी सचिव रेनु गुरुङले गर्नुभएको थियो।


छात्रवृत्ति वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षता, स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सञ्चालन सचिव कञ्चन गुरुङले गर्नुभएको थियो।


उक्त कार्यक्रम पश्चात तमु विद्यार्थीहरुलाई उच्च शिक्षा लगायत निजामति सेवाका बारेमा तेजबहादुर चाक्ली तमु, कञ्चन गुरुङले अभिमुखिकरण गराउनु भएको थियो।

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्