सामाजिक कार्यमा जुट्दै नेपाली सेना
डोटी | असोज १३, २०७९
डोटी । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयोे । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पुर्याउने कृषक पनि गाउँमै रोकिए ।
सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल गुल्मलाई पुग्यो । त्यसपछि गुल्मबाट खटिएको टोलीले पाँच घण्टा समय लगाएर पहिरो पन्छ्यायो र अवरुद्ध सडक खोल्योे । अहिले सो सडक नियमित सञ्चालनमा छ ।
गुल्मले झिग्रानाको पहिरो मात्रै होइन, मध्यवर्ती क्षेत्रभित्र धेरै सामाजिक काम गरिरहेको छ । बझाङ, बाजुरा, अछाम र डोटीको मध्य भागमा पर्ने खप्तडको वरिपरि सरसरफाइदेखि प्रकृति संरक्षणका लागि चेतनामूलक कार्यक्रमसम्म गरिरहेको छ ।
बुधबार मात्रै गुल्मले डोटीबाट खप्तड प्रवेशद्वार झिग्रानादेखि बीचपानीसम्मको फोहोर व्यवस्थापन गरेको थियो । गुल्मपति सेनानी विनोदबहादुर सिल्वालले साढे छ किलोमिटर बाटो सरसफाइ गरेको बताउनुभयो । उहाँका अनुसार डोटीबाट खप्तड प्रवेशको बाटो मात्रै नभई सबै जिल्लाबाट खप्तड आउने बाटो सरसरफाइ गरिएको छ । निकुञ्जका कर्मचारीलाई समेत सहभागी गराई सरसफाइ गरेर व्यवस्थापन गरिएको सेनानी सिल्वालले बताउनुभयो ।
प्रकृति संरक्षणसम्बन्धी जनचेतना
गुल्मले सोमबार र मङ्गलबार अछामको साँफेबगर नगरपालिका–११ भिर्खु र दैलेकान्दामा प्रकृति संरक्षणसम्बन्धी स्थानीयमा जनचेतना कार्यक्रम गरेको छ । स्थानीय ४० जनाको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरिएको सेनानी सिल्वालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै ठाउँमा प्रकृतिको दोहन भइरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तव्य हो । त्यसैले गुल्मले विभिन्न ठाउँमा प्रकृतिको संरक्षणका लागि सन्देशमूलक कार्यक्रम गरिरहेको छ ।”
कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीयलाई सहभागी गराई सन्देशमूलक पर्चापम्पलेट पनि वितरण गरिएको उहाँले बताउनुभयो । सेनानी सिल्वालले यस्ता कार्यक्रमले प्रकृति संरक्षणमा जोड पुग्ने विश्वास लिएको बताउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

