पोखरा सृजनाचोकको भवनमा सर्वसाधारणका लागि भूमिगत पार्किङ खुल्ला
पाेखरा | असोज १३, २०७९
पोखरा : पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ ।
महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुल्ला गरेको हो ।
यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले बताउनुभयो ।
‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ प्रमुख आचार्यले भन्नुभयो । पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ साङ्केतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले बताउनुभयो ।
बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले बताउनुभयो । ‘यसको कार्यान्वयनका लागि ३५ दिने सूचना सहित पत्र समेत पठाइएको छ, उहाँले भन्नुभयो । पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन कै लागि उपयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
सूचनाको म्याद गुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो । भूमिगत पार्किङलाई खालि गरी सोही प्रयोजनका लागि उपयोग गर्नुको विकल्प नरहेको उहाँको भनाई छ । भूमिगत पार्किङमा सञ्चालन गरिएका व्यवसायहरू तोकिएको समय भित्र नै स्थानान्तरण गर्न उहाँले व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो ।
यस अवधिमा कतिपय व्यवसायीहरूले भूमिगत पार्किङहरू खाली गरिसकेको अनुगमनका क्रममा पाइएको महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भित्र २५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...
काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो ...

