नवौं राष्ट्रिय खेलकुदः १६ दिन मात्रै बाँकी, तयारी तीब्र
पाेखरा | असोज १३, २०७९

पोखरा : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिनमात्र बाँकी छ ।
असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ।
प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन्।
७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टिमको प्रतिस्पर्धा रहने प्रतियोगिताका लागि खेलाडी छनोट भएर टिमहरुले खेलाडीको नाम दर्ता गर्दैछन्।
यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकामहरुमा टुर गराउने काम भइरहेको छ । हिँजो (मंगलबार) मात्रै कर्णाली प्रदेशमा ट्रफी भ्रमण गराइएको छ।
प्रतियोगिता अन्तर्गतका धेरैजसो खेलहरु गण्डकी प्रदेश राजधानी पोखरामै केन्द्रीत रहेको र बाँकी खेलहरु स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको हो।
म्याग्दीमा महिला भलिबल र र डब्ल्युटीएफ तेक्वान्दो, स्याङजामा महिला फुटबल, पर्वतमा कराँते, बागलुङमा आइटीएफ तेक्वान्दो, नवलपुरमा सेपाकताक्रो र कुस्ती तथा गोरखामा बुद्धिचालका खेल तालिका तोकिएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेलस्थल व्यवस्थापन समितिका सदस्यह समेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड मेम्बर राजेशकुमार गुरुङको टोलीले पर्वत, बागलुङ र म्याग्दीको खेलस्थलको अवलोकन गरेको छ ।
म्याग्दीमा सरोकारवालाहरुको एउटै मन
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनी बजारमा महिला भलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका २ खेलको तालिका तोकिएको छ । प्रतियोगिताको तयारीका लागि तिब्रता दिइएको छ । म्याग्दीको जिल्ला समन्वय समितिको पहलमा त्यहाँ प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ।
भेटमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीमा हुने प्रतियोगिताका लागि कार्ययोजना बनाएर अघि बढाइएको बताए । म्याग्दीमा हुने महिला भलिबल र डब्ल्यूटीएफ तेक्वान्दोका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र दर्शकहरुका लागि सुरक्षा व्यवस्थालाई चुस्त, दुरुस्त पारिने प्रजिअ रानाको प्रतिबद्धता छ ।
बेनी नगरपालिका प्रमुख केसीले राष्ट्रिय खेलकुद प्रतियोगिताका २ खेल म्याग्दी जिल्लामा ल्याइदिएकोमा राखेपलाई धन्यवाद दिएका छन्। जिल्ला समन्वय समितिको अगुवाइमा सुरक्षा निकाय र स्थानीय प्रमुखहरु र जनप्रतिनिधिहरुको समन्वयमा खेललाई सफलताका साथ सम्पन्न गर्ने केसीको प्रतिबद्धता छ ।
रामचन्द्र जोशी, प्रमुख -कुश्मा नगरपालिका, पर्वत
टोलीसँगको भेटमा पर्वत कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले राष्ट्रिय खेलकुदअन्तर्गत कराँते प्रतिस्पर्धा पर्वतमा आएकोमा खुशी र धन्यवाद व्यक्त गरे ।
उनले पर्वतको पनि कुश्मामा हुने प्रतिस्पर्धालाई हरेक दृष्टिले सफल बनाउने प्रतिबद्धता जनाए ।
कुश्मामा हुने प्रतिस्पर्धालाई आर्थिक र व्यवस्थापनको हिसावले कुनै कमी कमजोरी हुन नदिने उनको प्रतिबद्धता थियो । राष्ट्रिय खेलकुदकै आवश्यक तयारीका लागि नगरपालिका ९ लाख छुट्याएको उनको भनाई थियो। खेलकुदकै अवसर पारेर पर्वत तथा कुश्माको पर्यटकीय गन्तव्यलाई प्रबद्र्धन समेत गर्ने उनले बताए। पदक विजेतालाई निःशुल्क र सहभागी खेलाडीलाई केही प्रतिशत छुटमा पर्वत कुश्मास्थित बञ्जीजम्प र जीपलाइनको मनोरञ्जन लिन पाउने व्यवस्था गर्न लागेको प्रमुख जोशीको भनाई थियो।
बसन्तकुमार श्रेष्ठ, प्रमुख-बागलुङ नगरपालिका, बागलुङ
त्यस्तै, बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले जिल्लामा आएको राष्ट्रिय खेलकुदलाई अपनत्व लिएर आइटीएफ प्रतियोगितालाई सफल पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
प्रतियोगितालाई साथ र सहयोग गर्न नगरपालिका पूर्ण रुपले तयार रहेको उनको प्रतिबद्धता थियो । कुनैपनि प्रतियोगिता राजधानी बाहिरबाट पनि गर्न सकिन्छ भन्ने सन्देश आफूहरुले बागलुङबाट दिन चाहेको उल्लेख गरे । कुनाकाप्चाबाट खेलाडीहरुको उत्पादन हुने उनको भनाई थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँ...
पोखरा: पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउनुभएको पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । म...
पोखरा: पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारद...