आर्मीलाई पराजित गर्दै एपिएफ समुह विजेता

पाेखरा | असोज ३०, २०७९

आर्मीलाई पराजित गर्दै एपिएफ समुह विजेता

पोखरा : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा एपिएफले जित निकालेको छ । एपिएफले त्रिभुवन आर्मीलाई पराजित गरेको हो । 

 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धामा शसस्त्रले सेनालाई एक को विरुद्ध तीन सेटले पराजित गरेको हो । लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेट शसस्त्र तथा दोस्रो सेट आर्मीले जितेका थिए ।  

 

विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको शसस्त्रले सेनालाई पहिलो सेट २५-२०, तेस्रो २५-२१ र चौथो सेट २५-२३ मा पराजित गरेको थियो । शसस्त्रका विरुद्ध २५-१९ ले दोस्रो सेट जितेको मनिषा खाडको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरेपनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेनन । 

 

तीन टिम रहेको समूह ‘ए’बाट शसस्त्र र त्रिभुवन आर्मी क्वाटरफाइनल प्रवेश गरेको छ । भलिबलका राष्ट्रिय रेफ्रि विनय राईले जानकारी दिनुभयो । क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन । यसैगरी समूह ‘सि’ को विजेता नेपाल पुलिस क्लव समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ ।  

 

सेनाकी सुनिता खड्का, शसस्त्रकी सरस्वती चौधरी सहभागी खेलको खुल्ला मञ्च खेलमैदान दर्शकले भरिभराउ थियो । दर्शकले हुटिङ गरेर खेलाडीलाई हौसला प्रदान गरेका थिए । एपिएफकी निरुता ठगुल्नालाई 'वमेन अफ द म्याच' घोषणा गरिएको थियो । 

 

दोस्रो खेल आइतबार दिउँसो  बाग्मती र मधेश प्रदेश बिच हुने प्रतिस्पर्धा हुने तालिका रहेको छ । आजको अन्तिम खेल संगै पहिलो चरणको सबै खेल सकिने छ । सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ । 


 


 

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत ...

थप पढ्नुहोस्

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...

थप पढ्नुहोस्