अधुरा योजना पुरा गर्न मेरो उम्मेदवारी–पहारी
पाेखरा | असोज ३१, २०७९
पोखरा । आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि नेकपा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न ३(ख) का उम्मेदवार राजिव पहारीले विकास प्रेमी जनताको सपना साकार पार्न आफ्नों उम्मेदवारी भएको बताउनुभएको छ ।
‘अघिल्लो कार्यकालमा पूर्णता दिन नसकेका योजना पुरा गर्न तथा त्यस क्षेत्रका जनतालाई दिएका वाचा पुरा गर्न फेरी पनि मैले यो क्षेत्रमा उम्मेदवारी दिएको हुँ’–प्रेस चौतारी कास्कीले उम्मेदवारसंग गरेको उम्मेदवारी परिचर्चा कार्यक्रममा उहाँले भन्नुभयो ।
जनचाहना अनुसार थुप्रै महत्वपूर्ण योजनाहरु अघि ल्याएको भएपनि सरकार फेरबदल भएकाले आफ्ना विकासे योजनाहरु अधुरै रहेको उम्मेदवार पहारीले सुनाउनुभयो । आफ्नों निर्वाचन क्षेत्र पर्यटन, साँस्कृती, धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र भएको बताउँदै पहारीले यसपटक निर्वाचित भएपछि अधुरा कार्यलाई पूर्णता दिंदै नयाँ विकासे योजना ल्याउने दावी गर्नुभयो । पहारीले प्रदेश सभा अन्तर्गत विधान सभा समिति र कार्यविभाजन समितिमा रहि सफल कार्य सम्पादन गरिसक्नुभएको छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

