उत्कृष्ट र विकसित कास्की बनाउँछौं :  एमाले उम्मेदवार कार्की

पाेखरा | कात्तिक १, २०७९

उत्कृष्ट र विकसित कास्की बनाउँछौं :  एमाले उम्मेदवार कार्की

पोखरा : आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा सदस्य निर्बाचनमा गण्डकी प्रदेशका लागि कास्की निर्वाचन क्षेत्र न २ (क) को  ने क पा (एमाले ) निर्वाचन परिचालन कमिटिको कार्यालय मंगलबार उद्घाटन गरिएको छ । 

 

सो कार्यालयको नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सीता गिरि ओलिले उद्घाटन गरेकी हुन।ओलिले राष्ट्रले गौरव गर्ने बिकास एमालेले गरेको भन्दै अब पनि सो को पूर्णताको लागि एमालेलाइ जिताउनु पर्ने बताइन ।

 

सो पार्टीको केन्द्रिय सदस्य समेत रहेका कास्की इन्चार्ज कृष्ण थापाले कास्किका सबै क्षेत्रमा एमालेलाई बिजयी गराउन  आम जनतालाई आग्रह गरे ।  कास्की २ बाट प्रतिनिधि  सदस्य पदका उम्मेदवार बिद्या भट्टराईले बिकासको खाका एमाले सङ्ग मात्रै भएको भन्दै बीचमा सरकार परिवर्तन हुदा सो योजना पूरा गर्न नपाएको उल्लेख्य गरिन।उनले  बिकासको छलाङ्ग मार्ने योजना सहित उम्मेदवारी दिएको बताइन । उनले एमालेले कहिल्यै जनताका माझ झुट नबोल्ने र  बोलेका कुरा पूरा गरेरै छाड्ने बताइन ।

 

कास्की निर्वाचन क्षेत्र न २ (क )प्रत्यासी उम्मेदवार भिम बहादुर कार्किले एमाले सधै जनतालाइ  अधिकार सम्पन्न र समृद्ध बनाउने योजनाबद्ध कार्यक्रम सहित लागेको भन्दै राष्ट्र लाई समुन्नत बनाउन लागि पर्ने उल्लेख  गर्दै उत्कृष्ट बिकसित कास्की आफ्नो सपना भएको भन्दै कार्कीले सो को लागि  सुर्यमा मतदान गर्न आग्रह गरे । 

 

 ने क पा (एमाले ) गण्डकी प्रदेश कमिटिका उप सचिब रश्मि आचार्यले देश भरिका क्षेत्रमा उत्कृष्ट कास्की २ भएको र देश बिकासको लागि एक मात्रै पार्टी एमाले  भएको जिकिर गरे। कास्की २ को  जन साथ नै आफुहरूको लागि सधै महत्त्वपूर्ण भएको भन्दै निरन्तर सो साथ प्राप्त हुने बिश्वास व्यक्त गरे । 

 

कार्यक्रममा एमाले कास्किका कार्यबाहक अध्यक्ष तेज नारायण अधिकारी,जिल्ला कमिटी सदस्यद्वय  सुष्मा पौडेल र शिव प्रसाद आचार्य लगायतले बोलेका थिए । 

 

पोखरा ३३ मा एमालेको  ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा 

 

कास्की निर्वाचन क्षेत्र न २ (क) अन्तर्गत  नेकपा (एमाले )  पोखरा महानगर कमिटि वडा न ३३ को   निर्वाचन परिचालन कमिटिको घोषणा गरिएको छ । वडा कमिटी अध्यक्ष दिपकराज लामिछानेको संयोजकत्वमा ५५५    सदस्यीय  कमिटीको घोषणा गरिएको हो । 

 

कार्यक्रममा सो क्षेत्रका प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम कार्की , एमाले प्रदेश कमिटी सदस्य  रश्मि आचार्य  ,जिल्ला कमिटी सदस्यद्वय  किशान सुनार ,  शिव प्रसाद आचार्य, सो वडाका उप – सचिब रमेशराज आचार्य  लगायतले एमालेको बिजयको लागि गर्नु पर्ने कार्यभारको सम्बन्धमा बोलेका थिए । 
 

काठमाडौं:   इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ। यो सँगै नेपालले महत्वप...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।  महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएक...

थप पढ्नुहोस्