नवौँ राष्ट्रिय खेलकुदः ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा
पाेखरा | कात्तिक २, २०७९

पोखरा : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।
आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।
यसैगरी सशस्त्र प्रहरीबलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्म कूल १२० पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक बागमतीलाई पछि पारेको छ । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ प्दक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ । मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक ल्याएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ । यही असोज २८ देखि औपचारिक सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते औपचारिक समापन हुँदैछ । प्रतियोगितामा ३६ खेल सञ्चालन भएका छन् ।
काठमाडौं: इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको ...
काठमाडौं: नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई अत्यन्त रोमाञ्चक खेलमा १ रनले हराएको छ। यो सँगै नेपालले महत्वप...
काठमाडौं: नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । महरालाई आइतबार प्रहरीले ललितपुरस्थित निवासबाटै पक्राउ गरिएक...