कुस्तीतर्फ आर्मी टिम च्याम्पियन
नवलपरासी | कात्तिक २, २०७९
नवलपरासी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मङ्गलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।
त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित १४ पदक जितेर कुस्ती तर्फ टिम च्याम्पियन बनेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन ।
त्यसैगरी नौ पदकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमले विभिन्न तौल समूहमा पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर कुस्तीमा दोस्रो बन्न सफल भएको हो । सुदूरपश्चिमले पाँच स्वर्ण महिला कुस्ती तर्फको विभिन्न तौल समूहमा जितेको हो । सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन ।
कुस्तीमा अर्को विभागीय टोली एपीएफ ४ स्वर्ण, २ रजत र ४ कास्य गरेर १० पदकसहित कुस्तीको पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन् । कुस्तीको पदक तालिकामा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकका साथ चौथो स्थानमा रहेको छ ।
मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जितेका छ्न । अर्को विभागीय टिम नेपाल प्रहरीले १ स्वर्ण, सात रजत, ६ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक, प्रदेश नं १ ले तीन रजत र चार कास्यसहित सात पदक र गण्डकी प्रदेशले एक रजत र पाँच कास्यसहित ६ पदक हात पारे भने बागमती र कर्णाली प्रदेश पदकविहीन बनेका छ्न् ।
कुस्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा जारी मङ्गलबार सम्पन्न भएको हो ।
प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी एक सय ५० खेलाडी सहभागी भएका थिए । तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस साथै सात प्रदेश गरी १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

