माओवादी र काँग्रेसबीचको झडपमा २७ घाइते, १ बेपत्ता

काठमाडाैं | बैशाख २९, २०७९

माओवादी र काँग्रेसबीचको झडपमा २७ घाइते, १ बेपत्ता तस्बिरः शिव सिलवाल

धादिङ- नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर ६ देउरालीछाप भन्ने स्थानमा माओवादी र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा २७ जना धाइते हुनुका साथै एक जना बेपत्ता भएका छन् ।

 

गएराती भएको झडपमा परी घाईते भएकाहरुमध्ये २१ जना नेपाली काँग्रेस र अन्य नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेका छन् । बेपत्ता हुने सुनौला बजार निवासी धनबहादुर मग्राती रहेको सुनौला बजार प्रहरीले जनाएको छ । बेपत्ताको खोजी पनि भईरहेको प्रहरीको भनाइ छ ।

 

घाइतेहरुको जिल्ला अस्पताल धादिङ र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको जनाईएको छ । जिल्ला अस्पतालमा उपचारका लागी ल्याईएका घाईतेहरुमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ भने हातखुट्टा भाँचिएको छ ।

 

घाइते हुनेमा नेपाली काँग्रेसको तर्फबाट वडा नम्वर ५ का उमेद्वार भुपेन्द्र श्रेष्ठ समेत गम्भिर घाईते भएका छन् । श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाईते र टाउकोमा चोट लागेका घाईते चार जनाको अवस्था गम्भिर भएकाले थप उपचारका लागि काठमाण्डौं लगिएको बताइएको छ ।

 

उनिहरुलाई भोर्ले भन्ने गाउँबाट सुनौला बजार घर फर्कने क्रममा माओवादीका कार्यकर्ताहरुले बाटो छेकेर आक्रमण गरेको आरोप लगाएका छन् ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्