४० खेलाडी एन्टि डोपिङ परीक्षणमा

पाेखरा | कात्तिक ३, २०७९

४० खेलाडी एन्टि डोपिङ परीक्षणमा

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीहरुको एन्टि डोपिङ गरिएको छ ।

 

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टि डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत गठित एन्टि डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिएका छन् । 

 

उनले भने–“राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक यो अभ्यास सुरु भएको छ । यसले नेपाली खेलकुदको स्वच्छतालाई अघि बढाउन सहयोग पुग्ने छ ।”

 

विभिन्न खेलका ४० जना खेलाडीको नमूना लिइएको डा. शाहले बताए । “यो निकै संवेदनशील विषय हो । हामीले गरेको नमूना संकलन कुनै पनि दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै हो,” दक्षिण एसिया एन्टि डोपिङका सदस्यसमेत रहेका डा. शाहले भने– “हामीले गरेको नमुना संकलनहरु कतार पठाएका छौं । नतिजा प्राप्त हुन केही समय कुर्नुपर्ने हुन्छ ।”

 

“खेलाडीले पदक जित्न शक्तिबद्र्धक औषधी प्रयोग गरेका इतिहास मात्रै होइन, एन्टि डोपिङबाट पदक खोसिएको इतिहास पनि हामीसँग छ”, डा. शाहले भने–“अब नेपाली राष्ट्रिय खेलाडीले आफ्नो खेलको प्रदर्शनको सुधार शक्तिबद्र्धक औषधीको प्रयोगबाट नभई आफ्नै सक्षमतामा निर्भर हुनुपर्छ ।” खेलाडीले जितेको पदक र खेललाईसमेत आधिकारिकता दिन एन्टि डोपिङको समेत विशेष भूमिका हुने उनले बताए । 

 

पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टि डोपिङका लागि दक्षिण एसियाली एन्टि डोपिङ संस्थाले सहयोग गरेको उनले जानकारी दिए । राखेपले एन्टि डोपिङका लागि डा. नविशमान सिंहको संयोजकत्वमा ६ सदस्य कमिटि बनाएको थियो ।
 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्