नवौं राष्ट्रिय खेलकुद : महिला तथा पुरुष भलिबलमा एपीएफलाई स्वर्ण
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जितेको हो ।
नेपाल एपीएफ क्लबले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ ले अङ्कले जितेको हो ।
यस्तै पुरुष तर्फको कास्य पदक नेपाल पुलिस क्लबले जितेको छ ।
बिहीबार नै सम्पन्न भएको खेलमा गण्डकी प्रदेशललाई सोझो सेटमा पराजित गर्दै पुलिसले कास्य पदक जितेको हो ।
महिलाको तर्फको स्वर्ण एपिएफको पक्षमा
महिला भलिबलको स्वर्ण पदक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नै जितेको छ ।
बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइलन खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि चुमेको हो । एपीएफले पहिलो सेट २५–१९ र दोस्रो सेट ३०–२८ अङ्कले जितेको थियो ।
पुलिसले तेस्रो सेटमा एपीएफलाई २६–२४ अङ्कले पराजित गरेको थियो । चौथो सेट भने एपिएफले २५–१९ अङ्कले जित्यो । एपीएफ टोलीको कप्तानी विनिता बुढाथोकीले तथा पुलिस टोलीको कप्तानी कमला पुनले गरेकी थिइन् । गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भयो । बागमतीले गण्डकीलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अङ्कले पराजित गरेको थियो ।
पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...
पोखरा: पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

