नवौं राष्ट्रिय खेलकुद : महिला तथा पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पाेखरा | कात्तिक ३, २०७९

नवौं राष्ट्रिय खेलकुद : महिला तथा पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पोखरा : नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ । 

 

पोखरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जितेको हो । 

 

नेपाल एपीएफ क्लबले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ ले अङ्कले जितेको हो । 

 

यस्तै पुरुष तर्फको कास्य  पदक नेपाल पुलिस क्लबले जितेको छ । 

 

बिहीबार नै सम्पन्न भएको खेलमा गण्डकी प्रदेशललाई सोझो सेटमा पराजित गर्दै पुलिसले कास्य  पदक जितेको हो । 

 

महिलाको तर्फको स्वर्ण एपिएफको पक्षमा 

 

महिला भलिबलको स्वर्ण पदक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नै  जितेको छ । 

 

बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइलन  खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि चुमेको हो । एपीएफले पहिलो सेट २५–१९ र दोस्रो सेट ३०–२८ अङ्कले जितेको थियो । 

 

पुलिसले तेस्रो सेटमा एपीएफलाई २६–२४ अङ्कले पराजित गरेको थियो । चौथो सेट भने एपिएफले २५–१९ अङ्कले जित्यो । एपीएफ टोलीको कप्तानी विनिता बुढाथोकीले तथा पुलिस टोलीको  कप्तानी कमला पुनले गरेकी थिइन् । गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भयो । बागमतीले गण्डकीलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अङ्कले पराजित गरेको थियो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्