नवौ राष्ट्रिय खेलकुद : कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

पाेखरा | कात्तिक ३, २०७९

नवौ राष्ट्रिय खेलकुद : कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ ।

 

 

बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।  ।
पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लबले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् ।

 

 

प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने ।

 

प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापा मगर र महिलातर्फ त्रिभूवन आर्मी क्लबकी अनुजा कुलिङ्ग राई उत्कष्ट खेलाडी घोषित जनही ५/५ हजार रुपैयाँसहित मेडल र पमाणपत्र प्राप्त गरे ।
आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो ।

 

यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा  महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०/१० टिमको सहभागिता रहेको थियो ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्