उम्मेदवार भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार

पाेखरा | कात्तिक ४, २०७९

उम्मेदवार भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार


पोखरा ।  नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आसियु) मा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ । 


उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ चन्द्रप्रकाश आचार्यका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने हुन्छ । 


नेकपा एमाले कास्की सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नं. २ प्रचार प्रसार संयोजक झपट रानाभाटले शुक्रवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि उम्मेदवार भट्टराईको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । 


मंसीर ४ गते हुने निर्वाचनको कार्यक्रम अन्तर्गत यही कात्तिक १ गते पोखरा १७ र ८ को निर्वाचन परिचालन कमिटि कार्यालयको उद्घाटन समारोहमा सहभागि हुनु भएको उर्हाँ अचानक शरिर  कमजोर हुँदै गएपछि उपचारको लागि अस्पताल भर्ना हुनु भएको थियो ।


अस्पताल श्रोतका अनुसार स्वास्थ्यका सवै परिसूचकहरु सुधारउन्मुख र सकारात्म रहेको विज्ञप्तिमा भनिएको छ उम्मेदवार भट्टराई छिट्टै मतदाताको घरदैलो कार्यक्रममा सहभागि बन्नु हुनेछ । 
उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग बिषेशज्ञ चन्द्रप्रकाश आचार्य लगायतका सम्पूर्ण टिमलाई रानाभाटले विज्ञप्तिमार्पmत धन्यवाद ज्ञापन गर्नुभएको छ । 
 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्