उम्मेदवार भट्टराईको स्वास्थ्यमा क्रमिक सुधार
पाेखरा | कात्तिक ४, २०७९
पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवं कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । डेङगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्ष (आसियु) मा उपचाररत उहाँको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ ।
उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ चन्द्रप्रकाश आचार्यका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने हुन्छ ।
नेकपा एमाले कास्की सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नं. २ प्रचार प्रसार संयोजक झपट रानाभाटले शुक्रवार एक प्रेस विज्ञप्ति प्रकाशित गरि उम्मेदवार भट्टराईको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
मंसीर ४ गते हुने निर्वाचनको कार्यक्रम अन्तर्गत यही कात्तिक १ गते पोखरा १७ र ८ को निर्वाचन परिचालन कमिटि कार्यालयको उद्घाटन समारोहमा सहभागि हुनु भएको उर्हाँ अचानक शरिर कमजोर हुँदै गएपछि उपचारको लागि अस्पताल भर्ना हुनु भएको थियो ।
अस्पताल श्रोतका अनुसार स्वास्थ्यका सवै परिसूचकहरु सुधारउन्मुख र सकारात्म रहेको विज्ञप्तिमा भनिएको छ उम्मेदवार भट्टराई छिट्टै मतदाताको घरदैलो कार्यक्रममा सहभागि बन्नु हुनेछ ।
उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग बिषेशज्ञ चन्द्रप्रकाश आचार्य लगायतका सम्पूर्ण टिमलाई रानाभाटले विज्ञप्तिमार्पmत धन्यवाद ज्ञापन गर्नुभएको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

