पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता

पाेखरा | कात्तिक ६, २०७९

पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता

 

 पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैछ तर सुकुम्वासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ । त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्वासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउन सूर्य चिन्हमा मत दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ 


मंसिर ४ गते हुने निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा उनले विदेशी पाहुना भित्र्याउने तयारीमा रहेका हामी आफ्ना देशका नागरिकहरु वैदेशिक रोजगारमा गईरहदा हाम्रो नेपाली पहिचान पनि खस्किएको  भन्दै आफ्ना प्रदेशका नागरिकलाई स्वरोजगार सिर्जना गर्ने वातावरण तयार पार्ने उल्लेख गरे ।


प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले  विश्व समुदायमै आर्थिक स्थिर खस्केको अवस्थामा आफ्ना प्रदेशका युवाहरु प्रदेशभित्रै अर्थाेपार्जनमा लगाउने आफुहरुको प्राथमिकता रहने उनको भनाई छ ।


उनले वडा नम्वर १४ व्यवसायिक र कृषिको लागि पर्याप्त सम्भावना बोकेको वडा भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिईन् ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्