पोखरामा प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

पाेखरा | कात्तिक ६, २०७९

पोखरामा प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात र विक्री वितरणमा रोक

 

पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।

 

महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गदै प्लाष्टिकजन्य फूलगुच्छा, माला विक्री वितरण नगर्न ब्यवासयीलाई अनुरोध गरेको हो । 

 

प्लाष्टिकको फुल माला प्रयोग बारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ भन्नुभयो,‘प्रयोग नगर्ने भनेर सरकारले राजपत्रमा सुचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौ ।विदेशबाट आयात हुने प्लाष्टिकजन्य सामग्रीले यहाँको वातावरणमा समेत असर परेको छ । सुरुमा व्यसायीले गुनासो गरेपनि पछि आफैले हटाएर सहयोग गर्नुभयो ।’ 


चाडपर्वमा प्लाष्टिकजन्य फुलहरुको ब्यापार बढि हुने भएकाले अनुगमन गरेका हौ उहाँले भन्नुभयो, ‘अहिले सचेत मात्रै गरेका छौ फेरी विक्री वितरण गरिएको पाइए १ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको छ ।’


अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतम, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष, पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको हो ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्