व्यवसाय रोक्ने छुट सरकारलाई छैन: क्याप्टेन लामा
पाेखरा | कात्तिक ७, २०७९
पोखरा: क्याप्टेन विजय लामाले नेपाल सरकारले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका छन् । सोमबार पोखराको लेकसाइडमा बिजिबी कोरियन रेष्टुरेन्टको उद्घाटन गर्दै उनले केही विषयलाई लिएर कसैको व्यवसाय रोक्न नहुने बताएका हुन् ।
पोखरामा आयोजना भएको नवौं खेलकदु प्रतियोगितामा भएको प्याराग्लाइडिङ दुर्घटनालाई लिएर व्यवसाय नै बन्द गराउनु व्यवासयीको लागि उचित नभएको क्याप्टेन लामाले बताए ।
‘दुर्घटना कहिले हुन्छ कहाँ हुन्छ कसैलाई थाहा छैन् । यसलाई रोक्न न सरकारले सक्छ न व्यवसायीले नै, उनले भने, ‘त्यसैले कुनै विषयलाई कारण देखाएर त्यो व्यवसाय बन्द उचित होइन ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरानमा प्याराग्लाडिङ खेलको क्रममा त्रिभुवन आर्मी क्लबका निसिम थापाको ज्यान गएको थियो । उनले खेलाडी प्रति समवेदना प्रकट गर्दै राष्ट्रले एक नौजवान खेलाडी गुमाएकाले अब यस्तो दुर्घटना हुन नदिन सबैले यसमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।
उनले पोखरा पर्यटनको हिसाबमा टप ५ मा पर्ने बताउदै यसको विकास र प्रचारप्रसारमा स्थानीय तहदेखि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे । ‘पोखरा विश्वको टप ५ मा छ । पोखराको पर्यटकको रोजाई मध्येको एक, जहाँ हरियालीदेखि पर्यटकको रोजाईका ठाउँहरु पोखरा र आसपासमै छन् त्यसैले पोखरा टप ५ मा पछ ।’ क्याप्टेन लामाले भने ।
लामाले पोखराको पर्यटकको रोजाईमा हुँदापनि उचित विकासको पूर्वाधार निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै भने, ‘देशलाई आर्थिक रुपमा चलायन बनाउन पर्यटन क्षेत्र हो तर यसमा राज्यले उचित ध्यान दिन सकेन । पर्यटकलाई पोखरासँगै मनाङ, मुस्ताङ लगायतका जिल्लामा जोड्न पूर्वाधारको अभाव भएको छ । यसमा ध्यान कहिले पुग्ला? सडकको अवस्था कै कारण पर्यटक विचल्ली हुनु परेको अवस्थामा छ ।’
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

