प्रदेश सभा उम्मेदवार मिना गुरुङ मतदातासँग भेटघाटमा
आफ्नो निर्वाचन क्षेत्रमा भरपुर विकास गर्ने प्रतिवद्धता
पाेखरा | कात्तिक ७, २०७९
पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु प्रचारप्रसारमा जुटिसकेका छन् । यस्तै कास्की क्षेत्र नं २ (२) बाट नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकी मिना गुरूङ पनि यतिबेला मतदातासँगको भेटघाटमा व्यस्त छिन् ।
आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएकी गुरूङले उक्त क्षेत्रको हरेक समास्याबारे अवगत रहेको बताउँदै निर्वाचित भएपछि आफनो क्षेत्रमा कुनै पनि विकास निर्माणका काममा ढिलासुस्ती नगर्ने बताईन् ।
‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ । तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’ उम्मेदवार गुरुङ भन्छिन्–‘राजनीतिक वितृष्णा नै जित्ने आधार हो । अघिल्ला पुस्ताहरुले गरेको व्यवहारबाट नै हाम्रो जित्ने आधार तय भएको छ । हामी नयाँ भिजन र मिसनसहित चुनावी अभियानमा छौं । यो देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । त्यो हिसाबले अब एमाले पार्टीले जनताको परिवर्तनका लागि लड्छ । पार्टीको प्रतिवद्धता र हामीले अगाडी सारेका विकासका योजना र नीतिहरु नै हामीले चुनाव जित्ने आधार हुन् ।’
पोखरा महानगरपालिका वडा नं.१६ मा एमालेको निर्वाचन परिचालन कमिटिको घरदैलो कार्यक्रममा उनले एमाले पार्टी नयाँ सोच,विचार र एजेण्डासहित चुनावी मैदानमा उत्रिएकोले एमाले पार्टीलाई मंसिर ४ गतेको निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि कास्की २ (२) का मतदाता आतुर भएको विश्वास व्यक्त गरिन् ।
आफू राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको हिसाबले धेरै पहिलादेखि गाउँको विकासका निम्ति सक्दो सहयोग गर्ने गरेको स्मरण गर्दै उनले निर्वाचित भएपछि आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गरी स्वरोजगार सिर्जना, कृषिमा आकर्षण, भौतिक तथा आर्थिक विकास जस्ता विषयबस्तुलाई मुल प्राथमिकतामा राखेर काम गर्ने अठोट गरिन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

