देउसी भैलो खेल्दा ‘मकैका झुत्ता’ दक्षिणा

पाेखरा | कात्तिक ८, २०७९

देउसी भैलो खेल्दा ‘मकैका झुत्ता’ दक्षिणा

पोखरा : तिहारमा देउसी भैलो, शहर होस् या गाउँ, विभिन्न उमेर समूहका देउसी भैलोले चोक र घरका आँगनी खाली छैनन् ।


 
तिहारको पहिलो दिनदेखि नै पोखराको विभिन्न चोक तथा घरहरुमा दिनानुदिन देउसी भैलो खेल्न आउँछन् । त्यही देउसी भैलोका समूहमा भेटिए पर्वतका ६८ वर्षीय कान्छा गुरुङ । 

 

पोखराको पृथ्वीचोकमा एक समूह देउसी भैलोको ब्यानरसहित नाचिरहेका थिए । यही मेसोमा उनले मुस्कुराउँदै सुनाए ‘उमेर अनुसार समय पनि परिवर्तन भएछ, मादलको तालमा नाच्ने हामीहरु । रेकर्ड गरेका गीतमा देउसी भैलो खेल्ने अचेलका युवाहरु ।’ 

 

कान्छा गुरुङ पोखरा बसाईसराई गरेको ४० वर्ष भयो । देउसी भैलो रिपोर्टिङकाक्रममा भेटिएका उनले अहिलेको देउसी भैलोको भन्दा आफ्नो पालाका देउसी भैलो फरक रहेको बताए । 

 

‘हाम्रो पालामा यस्तो साउण्डसिस्टम थिएन’, उनले भने, ‘मादल दम्फु, खैजडीको तालमा देउसी रे, भैलो भन्दै खेल्थ्यौं । अचेल साथीहरु कहाँ होलान् ? बसाईसराईले गाउँमा भैलो खेल्ने मान्छे होला कि नहोला, त्यो दिनको झल्को आँखामा घुम्छन् ।’

 

उनले देउसी भैलो खेलेवापत आफुहरुलाई दानस्वरुप नगद हुनेले नगद, नहुनेले मकैको झुत्ता दक्षिणास्वरुप पाएको सुनाए  ।

 

‘अहिले जस्तो देउसी भैलोमा दानमा नगद नै दिनुपर्छ भन्ने थिएन, हाम्रो पालामा नगद हुनेले नगद दिन्थे नहुनेले मकैको झुत्ता, अहिले जस्तो पैसा सबैको साथ थिएन, जे दिए पनि हामी खुशी हुन्थ्यौं’ कान्छा गुरुङले भने ।

 

पृथ्वीचोकमा पिपलको रुखको आड लगाएर देउसी भैलो हेरिरहेका उनले दिनभर खेतीपाती र गोठको धन्दा सकाएर मात्र आफुहरु  देउसी भैलो खेलेको अनुुभव सुनाए । 

 

‘अहिले जस्तो समय थिएन दिनभर खेतीपाती गथ्थौं, वस्तुभाउलाई २ दिन पुग्ने घाँस काटे मात्र देउसी भैलो खेल्नी समय पाइथ्यो’ उनले भने, ‘समय अनुसार देउसी भैलो खेल्ने समय पनि परिवर्तन भएछ ।’ 
यता जिल्ला प्रशासन कार्यालय कास्कीले भने सुरक्षाको कारण देखाउँदै बेलुका ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ । 
 
 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्