छठपर्वका लागि सिङ्गारिए भक्तपुरका पोखरी र खोला

भक्तपुर | कात्तिक १२, २०७९

छठपर्वका लागि सिङ्गारिए भक्तपुरका पोखरी र खोला

भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन भक्तपुरका पोखरी एवं खोला सिङ्गारिएका छन् । 

 

छठपर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका हुन् । तराईबाट स्थायी तथा अस्थायीरूपमा भक्तपुरमा बसाइँ सरेर आएकाले भक्तपुरमा छठपर्व मनाउन पोखरी सिङ्गारेको कमलविनायक निवासी आत्मराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले छठपर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाउने गरेको बताउनुभयो ।

 

छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवतरूपमा समापन हुने छठपर्वका लागि भक्तपुर र मध्यपुरथिमिका पोखरी तथा मनोहरा खोला सिङ्गारिएका हुन् ।

 

सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी,  हनुमानघाटका त्रिवेणीको जलाशयको किनार, मध्यपुरथिमिको विष्णु कुण्ड र मनोहरा खोला किनारा सिङ्गारिएका पर्वको तयारीमा जुटेका सप्तरी स्थायी घर भई भक्तपुर व्यापार गरी बस्दै आएका यवती यादवले बताउनुभयो । 

 

तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले समेत छठपर्वलाई सहयोग गर्दै आएका छन् । छठको रौनकताले यहाँका पोखरी एवं खोला झिलीमिली भएका छन् ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्