पासपोर्ट किर्ते गर्ने अधिकारी ६ वर्षपछि प्रकाउ

पाेखरा | कात्तिक १५, २०७९

पासपोर्ट किर्ते गर्ने अधिकारी ६ वर्षपछि प्रकाउ

 

पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी (पासपोर्ट) किर्ते सम्बन्धी मुद्धामा फरार रहेका नगेन्द्रराज अधिकारीलाई ६ वर्षपछि प्रकाउ गरेको छ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका २ सेराचौर बस्ने ४६ वर्षीय अधिकारीलाई राहदानी किर्ते सम्बन्धी मुद्धामा कास्की प्रहरीले ६ वर्षपछि प्रकाउ गरेको हो । 


कास्की प्रहरीका अनुसार अधिकारीले आफ्नै भाईको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात प्रयोग गरि साइप्रस गएका थिए । त्यही  बसोबास गरि केही समयपछि  संयुक्त राज्य अमेरिका पुगेका थिए । हाल उनी नेपाल आउँदा प्रकाउ परेका हुन् । 


प्रकाउ परेका अधिकारीलाई जिल्ला अदालत कास्कीबाट राहदानी किर्ते सम्बन्धी असुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्