धनराजको १५ हजार कट्दा थापाको १३ हजार
कास्की | जेठ ४, २०७९
पोखरा: पोखरा महानगरपालिकामा गठबन्धनबाट एकिकृत समाजवादीका उममेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । ३६ हजार ८ सय १३ मतगणना सकिदा धनराज आचार्यले १५ हजार २ सय ८८ प्राप्त गरे । भने एमालेका कृष्ण थापाले १३ हजार ३ सय २९ मत बटुले । थापा आचार्य भन्दा १ हजार ९ सय ५९ मतले पछि छन् ।
राप्रपा नेपालका शंकर खरालले १ हजार ५ सय ५६ मत बटुँले भने अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ८ सय ६६ मत प्राप्त गरे । उनले अहिलेसम्म चौथो स्थान कायमै राखेका छन् ।
यसैगरि उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५ मत पाएकी छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छिन् । गुरुङ कांग्रेसकी रानाभाट भन्दा ३ सय ७० मतले पछि छिन् ।
प्रमुख पदमा आचार्यले मतान्तर फराकिलो बनाउँदै गएपनि उपप्रमुखमा भने निकै प्रतिस्पर्धा देखिएको छ । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

