प्रश्नै-प्रश्न: के नेताले हालिदिएको १ लिटर पेट्रोलले तपाइको भविष्य निर्धारण होला ?
पाेखरा | कात्तिक १९, २०७९
पोखरा: आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा मनोनयन दर्तापछि विभिन्न राजनैतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा आ–आफ्नो क्षेत्रमा कस्सिरहेका छन् ।
निर्वाचन आयोगले कात्र्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी आमसभा तथा प्रचारप्रसार गर्न अनुमति दिएसँगै राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु घरदैलो र चुनावी सभामा व्यस्त छन् । ति कार्यक्रममा उम्मेदवारहरु मात्रै होइनन्, उनीहरुको साथमा युवाहरुको पनि बाक्लो उपस्थिति देख्न सकिन्छ ।
यसैक्रममा प्रस्तुत छ, कास्की रुपा गाउँपालिकाका सुमन सुवेदीले निर्वाचनमा प्रयोग हुदैं आएका युवाहरुलाई सुनगाभा न्यूजमार्फत उठाएको प्रश्नः
-के नेताले हालिदिएको १ लिटर पेट्रोलले तपाइको भविष्य निर्धारण होला ?
-चुनावमा होमिएका उम्मेदवारहरुले हजारौं युवा विद्यार्थीहरुको भविष्य जोड्न के योजना ल्याएका छन्, बुझ्नु भएको छ ?
-सक्षम नेतृत्व छनोट गर्न स्वार्थी बन्नै पर्ने हो र ? के हामी आफ्नो मताधिकार प्रयोग गर्न कसैको लोभ र लालचमा पर्नै पर्ने हो र ?
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

