चौथो दिनदेखि धरानमा पनि ‘लौरो’कै अग्रता
काठमाडाैं | जेठ ५, २०७९
मतगणना सुरु भएदेखि निकट प्रतिष्पर्धी रहेका धरान उपमहानगरपालिका स्वतन्त्र मेयर प्रत्यासी हर्क साम्पाङले चौथो दिन बिहानदेखि अन्यलाई उछिनेका छन् ।
बिहीबार बिहानको पछिल्लो अपडेटबाट हर्कले झिनो अग्रता लिएका हुन् । उपमहानगरपालिकामा हाल सम्म २९ हजार ७६४ मत गणना भइसक्दा हर्कले १७९ मतले प्रतिष्पर्धीलाई उछिनेका छन् ।
सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन दलका उम्मेदवारलाई १४ मतले उछिन्दै अघि बढेका सम्पाङले मतान्तरको संख्या बढाउदै गएका छन् ।
निर्वाचन आयोगको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार साम्पाङले ८६१६ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेका छन् ।
एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले भने ६८९५ मत प्राप्त गरेकी छिन् ।
यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९५२० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

