चौथो दिनदेखि धरानमा पनि ‘लौरो’कै अग्रता
काठमाडाैं | जेठ ५, २०७९

मतगणना सुरु भएदेखि निकट प्रतिष्पर्धी रहेका धरान उपमहानगरपालिका स्वतन्त्र मेयर प्रत्यासी हर्क साम्पाङले चौथो दिन बिहानदेखि अन्यलाई उछिनेका छन् ।
बिहीबार बिहानको पछिल्लो अपडेटबाट हर्कले झिनो अग्रता लिएका हुन् । उपमहानगरपालिकामा हाल सम्म २९ हजार ७६४ मत गणना भइसक्दा हर्कले १७९ मतले प्रतिष्पर्धीलाई उछिनेका छन् ।
सुरुवाती चरण देखिनै अग्रता लिएको गठबन्धन दलका उम्मेदवारलाई १४ मतले उछिन्दै अघि बढेका सम्पाङले मतान्तरको संख्या बढाउदै गएका छन् ।
निर्वाचन आयोगको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार साम्पाङले ८६१६ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार काँग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेका छन् ।
एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले भने ६८९५ मत प्राप्त गरेकी छिन् ।
यसैगरी, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता कायमै छ । उनले ९५२० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...