जर्मन क्लब फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि

काठमाडाैं | जेठ ५, २०७९

जर्मन क्लब फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि

एजेन्सी: युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।

 

निर्धारित र अतिरिक्त सयमा १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । फ्रान्कफर्टले ४२ बर्षपछि युरोपा लिग उपाधि जित्यो । निर्धारित समयमा रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो ।

 

५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सको उत्साह जगाउनुभयो । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

 

त्यसपछि निर्धाीरत ९० मिनेट र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकर फ्रान्कफर्टले बाजी मार्न सफल भयो । टाइब्रेकरमा फ्रान्कफर्टका क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफेल सान्तोसले गोल गर्नुभयो ।

 

रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्नुभयो । आरोन राम्सेको प्रहार विफल बनेको थियो ।

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...

थप पढ्नुहोस्

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...

थप पढ्नुहोस्

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

थप पढ्नुहोस्