अपर सोलु हाइड्रोको आईपीओ समय जेठ २० गतेसम्म थपियो
काठमाडाैं | जेठ ५, २०७९
अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ ।
प्रतिकित्ता १०० रुपैयाँदरका कुल आईपीओका लागि स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जजनाएको छ ।
कम्पनीले रेटिङ एजेन्सी इक्र नेपालबाट डबल बी प्लस रेटिङ पाएको छ । यसको मतलब कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको आईपीओ बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

