पत्रकार अधिकारी काठमाडौंको होटलमा मृत फेला
काठमाडाैं | कात्तिक २३, २०७९

काठमाडौंः पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्।
अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए।
एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन्।
'निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्यो। ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखियो', एसएसपी बोहोराले भने, 'त्यहाँ गएर जाँच गर्दा होटलमा उनले नाम इन्ट्री गरेको देखियो। उनकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।'
अधिकारीको मृत्यु छ बजेदेखि ७ बजेभित्र भएको अनुमान भए पनि उनी दुई दिनदेखि त्यहीँ बसेको देखिएकाले यकिन नभइसकेको उनले बताए। अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार पत्रकार अधिकारी उक्त होटलको कोठा नम्बर ५०२ मा पंखामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।
कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका 'म्बोजी, नोराु'', जासुसीको जालो र 'चक्रव्यूहमा चन्द्रसूर्य' किताब पनि प्रकाशित छन्।
गुल्मी: कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित प...
पोखरा: पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ । पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको ल...
काठमाडौँ: मंगलबार बिहान रसुवामा एक्कासि आएको बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा ...