राप्रपा नेपाल कास्की चुनावी प्रचारवाजीमा
मतदाताबाट राम्रो प्रतिक्रिया पाएका छौं: बाँस्तोला
पाेखरा | कात्तिक २७, २०७९
पोखरा: आसन्न निर्वाचनको मिति नजिकिंदै जाँदा राप्रपा नेपाल कास्की पनि चुनावी प्रचार–प्रसारमा तिब्रताका साथ लागि परेको छ । पार्टीले पोखराका सबै वडाहरुमा घरदैलो साथै प्रचार सामग्री वितरण गरेको छ ।
चुनाव चिन्ह ‘तीर’ लिएर चुनावी मैदानमा होमिएको राप्रपा नेपाल कास्कीका उम्मदवारहरु कार्यकर्ताका साथ मतदाताको घरदैलोमा पुगेका हुन् । मत माग्न घरदैलो गरिरहँदा मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको राप्रपा नेपालका सह महामन्त्री समेत रहेका उम्मदेवार शिवकुमार बाँस्तोलाले बताएका छन् । ‘सम्वद्र्धनवाद, सुशासन र समृद्धि’ हाम्रा पार्टीको मुलमन्त्र हो, हाम्रो चुनावी नारा पनि यसैमा केन्द्रित छ’–बाँस्तोलाले भने ।
राप्रपाले कास्कीमा प्रतिनिधी सभातर्फ समानुपातिकमा शिवकुमार बाँस्तोला र इश्वरी बैगारी तथा प्रदेश सभा सदस्यको समानुपातिकतर्फ विरबहादुर तामाङ्ग, इन्द्रकुमार शाही, मधु अधिकारी गुरुङ्ग र प्रेमकान्त तिवारीलाई उम्मेदवारका रुपमा अगाडी सारेको छ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपाल कास्कीका प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्कीको प्रतिनिधी र प्रदेश सभाको उम्मेदवारी फिर्ता गरि निःशर्त रुपमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन सहयोग गर्ने गरि सहमति गरेका छन् । देशको राजनीतिक परिस्थिती, सत्तारुढ दलको अराजनीतिक एवं जनविरोधी गतिविधीका साथै अप्राकृतीक गठबन्धनले मुलुकको लोकतान्त्रमाथिनै प्रश्न चिन्ह खडा भएको महशुस गर्दै राजनीतिक विचार मिलेकाले एमालेसग यस्तो सहमति गरेको राप्रपा नेपालले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

