अबको लडाई गरिबीको अन्त्य गर्ने लडाई: उम्मेदवार लामिछाने
पाेखरा | कात्तिक २८, २०७९
पोखरा: नेकपा माओवादीका नेता एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछानेले अबको लडाई गरिबी विरुद्धको लडाइँ रहेको बताएका छन् । पोखरा २१ लेवाडेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशमा राजनीतिक परिवर्तन आएको र अब विकास र समृद्धिका लागि काम गर्ने बेला आएको उनको भनाई छ । तर, केही तत्व प्राप्त उपलब्धिलाई उल्ट्याउने खेलमा रहेको हुँदा जनता सचेत बन्नुपर्ने उनले बताए । राजनीतिक परिवर्त भयो । अब विकास र समृद्धिका लागि काम गर्ने हो ।’ एमाले तर्फ संकेत गर्दे उनले भने, ‘यहीबेला एउटा शक्ति परिवर्तन उल्ट्याउन लागिपरेको छ । संसद विघटन गर्ने र प्रतिगामी शक्तिसंगको साँठगाठले यसलाई पुष्टि पनि गरेको छ । उनीहरुको चलखेल रोकेर अब विकास र समृद्धि तर्फ अगाडि बढ्ने हाम्रो अभिभारा हो ।’
उम्मेदवार लामिछानेले विपन्न हकको लागि आफूले काम गर्ने बताए । उनले आफूहरु जनताको असल साथी बनेर आएको चर्चा गर्दै तीन वर्षभित्र वर्ष भित्र खानेपानीको समस्या हल गर्ने प्रतिवद्धता जनाए । उनले राज्यबाट पाउने सेवा सुबिधा नलिई गरिब र उत्पिडितको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी कास्की जिल्ला सदस्य खड्क बहादुर नेपाली दलित अहिलेसम्म पार्टीको लागि भर्याङ भएको बताए । उनले बेरोजगारीको लागि योजना आएपनि दलित जनताको माझमा नपुगेको उल्लेख गरे । उक्त अवसरमा एमाले पार्टी परित्याग गरि विभिन्न १५० जना स्थानीय माओवादीमा प्रवेश गरकेका छन् । उनीहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता जनाएका छन् ।
यसैबीच कास्की २ मा गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रम तीव्ररुपमा अगाडि बढेको छ । अहिले पोखरा १५ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल र कास्की २(१) मा प्रदेशसभा सदस्य उम्मेदवार विश्वप्रकास लामिछानेसहित गठबन्धनका नेता कार्यकर्ता घरदैलामा छन् ।
पोखरा ८ मा गठबन्धनको तर्फबाट कास्की २(२) मा प्रदेशसभा सदस्य पदका उम्मेवदवार विन्दु कुमार थापासहित गठबन्धन दलका उम्मेदवार घरदैलोमा रहेका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

