नक्कली सुन धितोमा राखेर बैंकलाई ठग्ने अभिषेक प्रकाउ

पाेखरा | कात्तिक २८, २०७९

नक्कली सुन धितोमा राखेर बैंकलाई ठग्ने अभिषेक प्रकाउ

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन बैंकमा धितो राखेर विभिन्न बैंकबाट कर्जा निकाली ठगेको आरोपमा अभिषेक सुनारलाई प्रकाउ गरेको छ ।  पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारलाई पोखरा महानगरपालिका १८ सराङकोटबाट पक्राउ गरेको हो ।

 

कास्की प्रहरीका अनुसार सुनारले राष्ट्रिय वाणिज्य बैंक बिरौटाबाट १६ लाख ६० हजार र पृथ्वीचोक बैंकबाट ७ लाख ४५ हजार कर्जा लिएका थिए ।  कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारिएको खुल्न आएको थियो । 

 

प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।

 

हाल प्रकाउ परेका सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ ( एक्सटर्सन) सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ  । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्