नक्कली सुन धितोमा राखेर बैंकलाई ठग्ने अभिषेक प्रकाउ

पाेखरा | कात्तिक २८, २०७९

नक्कली सुन धितोमा राखेर बैंकलाई ठग्ने अभिषेक प्रकाउ

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली सुन बैंकमा धितो राखेर विभिन्न बैंकबाट कर्जा निकाली ठगेको आरोपमा अभिषेक सुनारलाई प्रकाउ गरेको छ ।  पर्वतको कुश्मा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय सुनारलाई पोखरा महानगरपालिका १८ सराङकोटबाट पक्राउ गरेको हो ।

 

कास्की प्रहरीका अनुसार सुनारले राष्ट्रिय वाणिज्य बैंक बिरौटाबाट १६ लाख ६० हजार र पृथ्वीचोक बैंकबाट ७ लाख ४५ हजार कर्जा लिएका थिए ।  कर्जाको व्याज तिर्न लामो समयसम्म नआएपछि सुनारले बैंकमा धितो राखेको सुन चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारिएको खुल्न आएको थियो । 

 

प्रहरीका अनुसार सुनारले धितो राखेको सुन नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारेको प्रतिवेदन दिएको थियो ।

 

हाल प्रकाउ परेका सुनारलाई अपराधिक विश्वास घात तथा अपराधिक लाभ ( एक्सटर्सन) सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ  । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्