‘दलालहरु होशियार’ भन्दै पोखरामा विप्लव माओवादीद्वारा निर्वाचन विरुद्ध प्रदर्शन
कास्की | कात्तिक ३०, २०७९
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मंसिर ४ गते हुने निर्वाचन खारेजीको माग गरेको छ ।
निर्वाचन बहिष्कार गर्ने निर्णयपछि पोखराको पृथ्वीचोकमा विरोध सभा आयोजना गर्दै चुनावमा भाग लिने दलहरुलाई दलालको संज्ञा दिएको छ ।
‘संसदीय दलालहरु होशियार’लगायतका नारा लगाउँदै पार्टीका प्रवक्ता खड्गबहादुुर विश्वकर्मा (प्रकाण्ड)ले चुनावले अपराधीको जत्था जन्माउने बताएका छन् ।
सभापूर्व माओवादीको जुलुसले विभिन्न नारासहित नगर परिक्रमा गरेको थियो ।
अहिले विरोध सभा जारी छ ।

पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

