नेपाल बैंक ८६ औँ वर्षमा प्रवेश

पाेखरा | कात्तिक ३०, २०७९

नेपाल बैंक ८६ औँ वर्षमा प्रवेश

 

पोखरा:  नेपाल बैंक लिमिटेड ८६ औं बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी गरेको छ । गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा बुधबार पोखरामा प्रभातफेरी गरिएको हो ।


पोखरा–९ पृथ्वीचोकमा रहेको बैंकको प्रदेश कार्यालयबाट शुरु भएको र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृह हुँदै पुनः पृथ्वीचोकमा पुगेर समापन भएको थियो । प्रभातफेरिमा पोखरा क्षेत्र भित्रका शाखामा कार्यरत ८६ जना कर्मचारीको सहभागिता रहेको थियो ।


प्रभातफेरी पश्चात कार्यक्रममा बोल्दै गण्डकी प्रादेशिक कार्यालय पोखराकी प्रमुख प्रतिमा श्रेष्ठले आगामी दिनहरुमा बैंकलाई अझ आधुनिक र प्रविधिमैत्री बनाउँदै ग्राहकहरुको सेवामा लाग्ने बताइन।


उप–प्रबन्धक धु्रब पौडेलले बैंकले बार्षिकोत्वको अवसरमा शुभकामना दिँदै कर्मचारीहरुलाई उच्च मनोबलको साथमा काम गर्न अनुरोध गरे।


बैंकका नेपालभर २२६ शाखा, १९९ एटिएम साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत बैंकले करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकका गण्डकी प्रदेशमा ३० वटा शाखा र पोखरा महानगरपालिकामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ ।

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्