मुख्य बजार जोड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने उम्मेदवार थापाको प्रतिबद्धता

पाेखरा | कात्तिक ३०, २०७९

मुख्य बजार जोड्ने गरी चक्रपथ निमार्णमा पहल गर्ने उम्मेदवार थापाको प्रतिबद्धता

पोखराः   गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् । 


उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । 


बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजार लगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् । आफुपनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रो सँग बुझेको र पछिल्लो समय बैंकहरुले व्यवसायी माथि गरेको अत्याचार असह्य भएको भनाई उनको छ । 


उनले यसका लागि राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए । गण्डकी प्रदेशमा अब बाह्य लगानी भित्राउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ । 


कोरोना महामारी पश्चात व्यवसायी टाट पल्टिने अवस्थामा आएको र अहिले बैंकको आतकंले व्यवसायी आत्महत्या गर्न सक्ने स्थितिमा पुगेको बताउँदै उनले यसका लागि राज्यले उचित व्यवस्थापन गर्न जरुरी रहेको सुनाए । 


थापाले आफु विजयी भएमा प्रदेश सरकारको तर्फबाट व्यवसायीका लागि गर्न सकिने हदैसम्मको सेवा र राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 


उनले नीजि क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवम् गन्तव्यहरुको प्रवद्र्धन गर्न योजना अघि सार्ने बताए । 


यस्तै थापाले भूमिहिन नागरिकलाई व्यवस्थित  बसोबासको व्यवस्थापनमा जोड दिने समेत बताए । ‘कतिपय भूमिहिन नागरिकले जग्गाको निस्सा प्राप्त गरिसक्नुभएको छ र बाँकी रहेको भूमिहिनहरुको व्यवस्थित बसोबासका लागि सम्बन्धित निकाय समक्ष समन्वय गर्नेछु’ ,थापाले भने । थापा लोकतान्त्रिक गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) का प्रत्येक्ष उम्मेदवार हुन् ।
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्