‘कास्कीमा एमालेको जित सुनिश्चित’:  उम्मेदवार बैरागी

काठमाडाैं | कात्तिक ३०, २०७९

‘कास्कीमा एमालेको जित सुनिश्चित’:  उम्मेदवार बैरागी

पोखराः   नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । 


नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न पनि एमालेको जित आवश्यक रहेको बताए ।


‘गण्डकी प्रदेशमा गठबन्धनको सरकारले चरम मुल्यवृद्धि गरेर जनताको भावना र मर्म विपरित काम ग¥यो, एमालेले अघि सारेका विकासे योजनाहरु रोक्यो, फेरी ति योजना निरन्तरताका लागि र जनप्रिय काम गर्न पनि एमाले नेतृत्व सरकार खाँचो छ’– उनले भने ।


सभालाई सम्वोधन गर्दै कास्की ३९२० प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले यहाँका जनताले पाँच वर्ष अघि आफुलाई जिताएर पठाएको स्मरण गरे । जितेर गएपछि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्दागर्दै सरकार विचैमा ढलेकाले महत्वपूर्ण योजनाहरु अधुरै रहेको पहारीले बताए । उनले अब आफु खारिएर आएको र काम गर्ने उर्जा झनै थपिएकाले पनि जितेर गएपछि जनसेवक भएर काम गर्ने प्रतिवद्धता जाहेर गरे ।


नेकपा एमाले वडा कमिटि ५ का कार्यबाहक अध्यक्ष गायत्री भुर्तेलको अध्यक्षतमा भएको आमसभामा समानुपातिक उम्मेदवार लालकाजी गुरुङ्ग नेकपा एमाले नेता सोमनाथ प्यासी, कास्की इन्चार्ज कृष्ण थापा वडा कमिटि सचिव आशमाया विक, वडा प्रचार प्रचार संयोजक लक्ष्मण बराल लगायतले सम्वोधन गर्दै मंसिर ४ गते एमाले उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्