पोखरामा महिलामैत्री मतदान केन्द्र
पाेखरा | मंसिर २, २०७९

कास्कीः पोखराको लेखनाथस्थित जनप्रकाश उच्च मावि मतदान स्थलको मतदान केन्द्र (घ) लाई महिलामैत्री केन्द्र बनाइएको छ ।
छ वटा निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी बटुली सक्नुभएकी गीता न्यौपानेको नेतृत्वमा सहायक मतदान अधिकृतसहित आठ जना महिला कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले जनप्रकाश मावि मतदान स्थलको एक मतदान केन्द्रलाई महिलामैत्री बनाइएको जानकारी दिनुभयो ।
कास्की निर्वाचन क्षेत्र नं १ अन्तगर्तको उक्त मतदान स्थलको ‘घ’ मतदान केन्द्रमा आड सयभन्दा बढी मतदाता रहेको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।
कास्की निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, जसरी निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ त्यसरी नै उत्कृष्ट मतदान अधिकृतको रुपमा आफूलाई उभ्याउने उहाँले बताउनुभयो ।
उक्त केन्द्रबाट मतदान गर्ने हरेक मतदाताले सहज, भयरहित, निष्पक्ष, र स्वच्छरुपमा मतदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । उक्त मतदान केन्द्रमा मतदान अधिकृत न्यौपानेसहित आठै जना स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, “हामी सबै स्वास्थ्य क्षेत्रका कर्मचारी हौँ मतदानको समयमा कुनै मानिस अचानक बिरामी परेमा प्राथामिक उपचारसमेत गर्न सक्छौँ । ”
त्यसैगरी पोखराको बसुन्धरा पार्कको मतदान केन्द्रमा समेत महिलामैत्री मतदान केन्द्र रहेको जानकारी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ गीता दोरञ्जाले मतदान अधिकृतको भूमिका निभाउनुभएको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ...
काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।&n...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण ...