कास्कीमा आचारसंहिता उल्लङ्घनका उजुरी अधिकांश फर्छ्यौट
पाेखरा | मंसिर २, २०७९
कास्की: निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कास्कीमा हालसम्म १६ वटा उजुरी परेकामा अधिकांश फर्छ्यौट भएको छ ।
जिल्लामा आचारसंहिता कार्यान्वयनको अवस्थालाई सूक्ष्मरूपमा अनुगमन भइरहेको र हालसम्म लिखित, इमेल र मौखिक गरी १६ वटा उजुरी परेकामा अधिकांशतः फर्छ्यौट भएको र केही प्रक्रियामा रहेको अनुगमन समितिका संयोजक रामजीप्रसाद शर्माले जानकारी दिनुभयो ।
बिहीबार राति १२ बजेदेखि सुरु स्थिर अवधिमा कास्कीमा अवस्था सामान्य देखिएको छ । मौन अवधि सुरु भएयता अनुगमनलाई निरन्तरता दिइएको र हालसम्म कुनै उजुरी नपरेको उहाँले बताउनुभयो ।
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...
पोखरा: प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर म...

