आज मतदानः विवेकको दान
पाेखरा | मंसिर ४, २०७९
आज मतदान । देशैभर नागरिकले मताधिकारको प्रयोग गर्ने दिन । आागमी ५ वर्षसम्म कस्तो प्रतिनिधिले कस्तो नीति, नियम र निर्माण गर्छन् वा यो जिम्मा कसलाई दिने भनेर विवेको प्रयोग गर्ने दिन । आज मत पेटिकामा तपाइको स्वस्तिक छापबाट देशको आगामी मार्गचित्र कोरिने दिन हो । देशलाई कुन बाटोमा हिँडाउने र कस्तो गन्तव्यमा पु¥याउने भनेर तपाइको परीक्षा हुने दिन पनि हो ।
मतदान केवल कुनै नेता र पार्टीलाई जिताउने भन्दा पनि तपाई जित्नुहुन्छ वा हुँदैन भनेर निक्र्याैल गर्ने कसी पनि हो । यसर्थ आज तपाइले आफ्नो विवेक दान गर्ने दिन हो । यहाँ कुनै दल, उम्मेदवारले हैन तपाइले जित्नै पर्ने परिपाटीको अभ्यास गर्नुपर्ने सुनौलो घडी हो ।
यसअघि तपाइले गरेको मतदान तपाई र देशले एकैपटक भोगिरहेको छ । तपाइको मतबाट शासन गर्ने थलोमा पुगेका तपाइकै रोजाइका प्रतिनिधिको पछिल्लो पाँच वर्ष देशको स्थितिलाई थोरै भएपनि विश्लेषण गर्नुभयो भने आजको दिन कस्तो प्रतिनिधिलाई छनौट गर्ने भन्ने स्पष्ट हुन्छ ।
मतदान गर्नु भनेको आफुमा निहित अधिकार कुनै दललाई हस्तान्तरण गर्दै ‘म माथि शासन गर्’ भनि अधिकार प्रत्यायोजन गर्ने निर्मम प्रक्रिया भएकाले आफु अबको ५ वर्ष कस्तो नेता र नीतिबाट शासित हुने भन्ने परीक्षा हो ।
संविधानमा प्रदत्त अधिकारको प्रयोग गर्दा आफुसँग भएको अधिकार अरुलाई हस्तान्तरण गर्दा कुन वा कस्तो प्रतिनिधि छनौट गर्ने भन्ने आंकलन गर्न नसक्दा तपाइलाई आफ्नो मत आफैलाई भारी हुनसक्छ । आजको दिन मतदान गरी कुनै प्रतिनिधिलाई जिताउनु भन्दा पनि स्वयं जित्ने हिसाबले मतदान गर्नु मतदाताको दायित्व हो ।
‘मलाई जिताउनुहोस्’ भन्दै मत मागिरहेका प्रतिनिधिलाई तपाई आज उसैलाई जिताउने हैन, तपाई आफै जित्ने आधारसहित मतदान गर्नुहोस् । गणतन्त्रको सुन्दर पक्ष हो, मतदानमार्फत जनप्रतिनिधिको छनौट । तपाइले आज छनौट गरेका व्यक्तिले भोली जनअपेक्षा अनुरुप काम नगरे त्यसको भागिदार तपाई पनि हुनुपर्नेछ । तपाइले गलत व्यक्ति छनौट गरेपछि भोली आलोचना गरेर पन्छिने हक तपाइसँग हुनेछैन ।
यहाँनेर उम्मेदवार हैन मतदाता सही छन् वा गलत छन् भनेर भन्नुपर्ने हुन्छ । आजको दिन .मतदानबाट नेता हैन जनताले जित्नपर्छ भन्ने आशयसहित सम्पूर्ण जनमा मतदानको शुभकामना ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

