चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा सुरु हुन सकेन मतदान

हुम्ला | मंसिर ४, २०७९

चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा सुरु हुन सकेन मतदान तस्बिर फाइल

हुम्ला:  अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।

 

नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।


अत्याधिक चिसोका कारण लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।


५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए ।


मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाको भनाइ छ ।

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्