चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा सुरु हुन सकेन मतदान
हुम्ला | मंसिर ४, २०७९
तस्बिर फाइल
हुम्ला: अत्यधिक चिसोका कारण हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन ।
नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
अत्याधिक चिसोका कारण लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र ,तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा मतदान सुरु हुने नसकेको हुम्लाका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।
५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए ।
मतदान भइरहेका केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निमित्त निर्वाचन अधिकारी रानाको भनाइ छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

