‘जनताले शायद गठबन्धन रुचाएनन्, भीमजीलाई बधाई छ’ – विश्व्रकाश लामिछाने

पाेखरा | मंसिर ७, २०७९

‘जनताले शायद गठबन्धन रुचाएनन्, भीमजीलाई बधाई छ’ – विश्व्रकाश लामिछाने

कास्की क्षेत्र नम्बर २ ‘क’ बाट नेकपा माआोवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको मत स्वीकारेको धारणा व्यक्त गरेका छन् । 

 

केन्द्रबाट गठबन्धनका साझा उम्मेदवार लामिछानेले नतीजापछि सुनगाभा न्यूजसँग धारणा राख्दै गठबन्धनलाई जनताले नरुचाएको हुनसक्ने टिप्पणी गरे । 

 

‘शायद जनताले हाम्रो गठबन्धनलाई रुचाउनु भएन होला’ लामिछानेले भने ‘र, अर्काे कुरा मतदाताले पनि मलाई राम्रोसँग चिन्नु भएन होला ।’ निर्वाचन प्रचारकाक्रमा गठबन्धनका सबै कार्यकर्ताले आफुलाई उत्तिकै सघाएको उनले स्मरण गरे । 

 

लामिछाने भन्छन्, ‘लोकतन्त्रमा जनता सर्वाेपरी हुन्, जनताले नै नरुचाएपछि कसैलाई दोष दिएर म पानीमाथिको ओभानो हुन सक्दिन ।’ चुनावमा हारजीत सामान्य भएको भन्दै उनले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको जनाए । 

 

साथै, विजयी प्रतिद्वन्द्वी नेकपा एमालेका भीम कार्कीलाई बधाई दिँदै लामिछानेले जनअपेक्षा पुरा गर्न शुभकामनासमेत दिए । प्रतिष्पर्धामा तेस्रो स्थान ल्याएका लामिछानेले ५ हजार ५४० मत प्राप्त गरेका छन् । 

 

विजयी कार्कीले १० हजार ५३१ मत पाएका थिए । दोस्रो स्थानमा ५ हजार ८९३ मतका साथ राप्रपाका विजयबहादुर भण्डारी रहेका छन् । 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्