नेपालस्थित अमेरिकन एम्बेसीले अझै हटाएन कित्तियाका तस्बिरहरु
पाेखरा | मंसिर १०, २०७९
पोखराः गत नोभेम्बर ७ मा नेपालस्थित अमेरिकी एम्बेसीले बिहान सवा ७ बजे अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास खिचेको फोटो सार्वजनिक गरेको थियो ।
एम्बेसीले ४ वटा फोटो सार्वजनिक गरेपछि नेपाली सञ्चारमाध्यमहरुले त्यसैलाई आधार मान्दै कित्तियाको साइटमा भएको जानकारी सहित समाचार प्रस्तुत गरे ।
तर त्यसको १८ दिनपछि उक्त तस्बिरहरु फोटोसपलगायतका प्रविधिमार्फत बनाइएको फ्रान्सको अल्पाइनम्याग डटकमले उल्लेख गरेको छ । अल्पाइनले फोटोहरु ‘फेक’ भएको जनाएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब छिन् ।
यसरी फोटो वास्तविक नभएको रहस्य बाहिरिएपनि एम्बेसीले हालसम्म आफ्नो पेजबाट हटाएको छैन । न त फाेटाे गलत भएकाेमा खेद नै व्यक्त गरिएकाे छ ।
अल्पाइनले भने ३ वटा फोटोहरु गलत भएको विभिन्न आधार प्रस्तुत गर्दै समाचार सार्वजनिक गरेको छ ।
अल्पाइन लेख्छ, ‘तस्बिरमा कम्पोजिसन, प्रकाश र स्थानमा तालमेल मिल्दैन ।’


भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

