पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नेपाल बैंकको बैंकिङ सेवा

पाेखरा | मंसिर १५, २०७९

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा नेपाल बैंकको  बैंकिङ सेवा

पोखराः   पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने सम्झौता भएको छ ।


पोखरामा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।


हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंककातर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड  प्रादेशिक कार्यलय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठ लगाएतका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । 


केही दिनअघि परीक्षण उडान सकिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यही पुस १७ गतेदेखि व्यवसायिक उडान सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)  ले घोषणा गरिसकेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्