१८ औं लेखनाथ महोत्सवको तयारी तिब्र, १० करोडको कारोवार हुने अनुमान

पाेखरा | मंसिर १७, २०७९

१८ औं लेखनाथ महोत्सवको तयारी तिब्र, १० करोडको कारोवार हुने अनुमान

पोखराः   लेखनाथमा हुने ‘१८ औं लेखनाथ महोत्सव’ को तयारी तिब्र पारिएको छ ।  लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुष ७ देखि १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । 


महोत्सवका प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पुष ७ देखि १८ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार सो महोत्सवलाई सगरमाथा ईन्स्योरेन्स कम्पन्नीको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन गरेको छ ।


कोरोना भाइरसको महामारी र रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले थला परेको व्यवसायलाई र देशको अर्थतन्त्रलाई चलायन बनाई आर्थिक गतिविधि बढाउने तथा औद्योगिक उत्पादन तथा हस्तकला सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सवलाई निरन्तरता दिएको ओझाले बताए । ‘कोभिड १९, रुस युक्रेन युुद्ध लगायत विभिन्न कारणले देशको आर्थिक चलायनमान हुन सकेको छैन्, उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिविधि चलायन बनाउन महोत्सवको आयोजना गरिएको हो ।’


महोत्सवमा कोभिड १९, रुस युक्रेन युद्ध, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, पहिचान, उद्यमशिलता, प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कलासंस्कृतिको संरक्षण, जर्गेना तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणलाई सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको छ । ३ सय ३७ स्टल निर्माण रहने सो महोत्सवमा करिब १० करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको संयोजक ओझाले सुनाए । 


ओझाका अनुसार पुष ७ देखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भएर १० लाख बचत हुने अनुमान  गरिएको छ । 


महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको  भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास र बेगनासताल, रुपाताल लगायत पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन एवम् समाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । 


१८ औं लेखनाथ महोत्सवमा साहित्यक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, विभिन्न जातजातिको लोप हुने लागेको कलासंस्कृति, झाकी प्रदर्शनी, लगायत राष्ट्रिय कलाकारहरुको सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । 
वि.स. २०५८ सालबाट सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव २०६१ बाट लेखनाथ महोत्सवमा परिवर्तन भई निरन्तर सञ्चालन हुदै आएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्