हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड
पाेखरा | मंसिर १७, २०७९
पोखराः हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश अन्तरध्वनी नेपालको सहकार्यमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान” १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक विभेद र मनोसामाजिक असरको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कसैले हिंसा गरेमा नो र नाई भनेर प्रतिकार गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा मनोसामाजिक असरको विषयमा आफ्नो प्रस्तुती राख्दै अन्तरध्वनी नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक घरमा हिंसा हुने भएकोले परिवर्तनको लागि आफ्नै घरवाट सुरुवात गर्नुपर्नेमा उहाँको जोड थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सनाले आवाजविहिनहरुको आवाज उठाउने महिला पत्रकारहरु पनि हिंसामा पर्ने गरेको बताउनुभयो । ८८ प्रतिशत पत्रकार महिलाहरुलाई अनलाइनवाट हिंसा हुने उहाँले सो अवसरमा जनाउनुभएको थियो । अझै पनि लैङ्गिक समानतामुलक समाजका लागि हाम्रो आन्दोलन नसकिएकोले अब जुझारु रुपमा लाग्नुपर्ने तिमिल्सिनाले उल्लेख गर्नुभयो । छोरीलाई शिक्षा दिएर सक्षम बनाउन सक्यौ भने हिंसा कम गर्न मद्धत पुग्नेमा उहाँको जोड थियो ।
सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ष्ठले कार्यक्रमको आचित्यमाथि प्रकाश पार्दै अब हामी हिंसा नसहने र हिंसा गरेको टुलुटुलु हरेर पनि नस्बने बताउनुभयो । उहाँले अब महिला हिंसाको प्रतिकार गर्न सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा नर्सिङ्ग क्याम्पसका निशा श्रेष्ठ, दलित महिला संघ फेडोका अध्यक्ष सुमित्रा गायक, दलित महिला संघ कास्कीका प्रमुख ईश्वर विक, नेपाल टेलिभजनका पोखराका संवाददाता पत्रकार पुरुषोत्तम शर्मा, नेष्डो गण्डकीका सुर्यप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो ।
सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी अधिकारीले र सञ्चालन सञ्चारिका समूह गण्डकी प्रदेशका कार्यसमिति सदस्य जुना थापाले गर्नुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

